जनरल इन्स्योरेन्सको आईपओ बाँडफाँड हुँदै, २ लाख ७३ हजारले मात्रै पाउने « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

जनरल इन्स्योरेन्सको आईपओ बाँडफाँड हुँदै, २ लाख ७३ हजारले मात्रै पाउने



काठमाडौं । आज मंगलबार जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफँड हुने भएको छ । गत आश्विन ११ गतेदेखी १४ गतेसम्म निष्काशन भएको जनरल इन्स्योरेन्सको आईपिओमा सर्वाधिक २ अर्व २६ करोडको आवेदन परेको थियो ।

कम्पनीले ३० करोडको आइपिओ निष्कासन गरेको थियो । जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड मंगलबार विहान १०ः३० बजे हुने विक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । आइपिओमा ८ लाख २० हजारले आवेदन दिएका थिए ।

जनरल इन्स्योरेन्सका आइपिओमा ७ लाख ९४ हजालाई ३० हजार कित्ता सेयर बाँडफाँड हुनेछ । जम्मा आवेदक मध्ये २७ हजार रद्ध भएको विक्री प्रवन्धक एनआीवएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्