सिटी एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रतिकित्ता ३० रुपैयाँमा गाभ्ने « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

सिटी एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रतिकित्ता ३० रुपैयाँमा गाभ्ने



काठमाडौं । सिटी एक्सप्रेसलाई गाभ्नका लागि इन्भेष्टमेण्ट बैंकले स्वीकृति पाएको छ । बैंकको विशेष साधारण सभाबाट सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न स्वीकृति पाएको हो ।

इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेसलाई प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने भएको हो । बैंकले ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ ।

यसमा प्रबद्र्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने भने सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ ।

सटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्नको लागि नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गतेको लागि विशेष साधारण सभा बोलाएको थियो । बैंकले फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भएका सम्झौताहरुको अनुमोदन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्