गुराँस लाइफले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गर्यो « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

गुराँस लाइफले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गर्यो



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गतेदेखि असोज १९ गतेसम्म लिलामी मार्फत बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर असोज १३ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री गरेको थियो ।

जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको थियो भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको थियो । जसमा संस्थापक समूहको शेयरमा १६६ रुपैयाँ र सर्वसाधरण समूहको शेयरमा ६०४ रुपैयाँ कट अफ प्राइस तोकिएको थियो ।शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम भोलिदेखि फिर्ता हुने कम्पनीले जनाएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् । नेपाल क्लियरिङ हाउसमा आवद्ध बैंक तथा वित्तीय संस्थालाई आइपीएस मार्फत बैंक खातामा रकम फिर्ता दिइने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्