बिहीबार नेप्सेमा नयाँ रेकर्ड, ४ वर्षपछि १९ सय अंकमा पुग्यो बजार

काठमाडौं । बिहीबार साताको अन्तिम कारोवार हुने दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार ६४ अंकले बढेर सेयर बजार १८८१ अंकमा पुगेको सेयर बजार बिहीबार भने नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार सेयर बजार ४ वर्ष अघिकै अवस्थामा पुगेको छ । बजार अश्वभाविक तरिकाले बढिरहेको छ । ४ वर्ष अघि २०७३ साउनमा सेयर बजार १९ सय प्लसमा थियो आज बल्ल सोही बिन्दुमा आइपुगेको छ ।
कारोवारको सुरुवातमा ह्वात्तै बढेको सेयर बजार बिहीबार १ बजेर ३५ मिनेटमा १८ सय ९५ अंकमा करेक्सन भएको छ । बिहीबार १९ सय २५ अंकमा पुगेको सेयर बजार पुन घटेर करेक्सनमा आएको छ । कारोवारको मध्य टाइम पछि बजार पुन उकालो लाग्ग्न थालेको छ । सेयर कारोवार भएको २ घण्टामै ४ अर्वभन्दा बढीको कारोवार भएको छ ।