साना किसान लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ? « Arthapath.com
१३ पुष २०७७, सोमबार

साना किसान लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं ।साना किसान विकास लघुवित्तले साभारण सभा बोलायको छ । पुस ६ गते सोमबार बसेको संचालक समितिको ३९८ औ बैंठकले साधारण सभा गर्ने निणर्य गरेको छ ।

लघुवित्तले साधरण सभाबाट आर्थीक वर्ष २०७६र०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशतले नगद लाभांश वितरण प्रस्ताव स्विकृत गर्ने कम्पनीले जनाएको छ ।

साधरण सभा संस्थाको रजिष्टर्ड कार्यालय सुविधानगर तिनकुने काठमाण्डौंमा पुस २८ गते मंगलबार बिहान ११ बजे बस्ने छ । कोरोना माहामारीका कारण साधरण सभा भर्चुअल माध्यमबाट गरीने कम्पनीले जानकारी दिएको छ ।

लघुवित्तले १२ हजार ४४२ कित्ता शेयर लिलाम बिक्री गरी गरी सोही अनुसार प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । साधारण सभा र लाभांश वितरणको लागी कम्पनीले पुस १५ गते बुधबार बुकक्लोज गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्