सिंगटी हाइड्रोले माघ ४ गतेदेखि आइपिओ निष्कासन गर्दै « Arthapath.com
२६ पुष २०७७, आईतवार

सिंगटी हाइड्रोले माघ ४ गतेदेखि आइपिओ निष्कासन गर्दै



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानियहरूका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आइपीओमा छिटोमा माघ १८ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्