नेप्से ४१ अंकले बढेर २२३५.७२ को विन्दुमा पुगेर रेकर्ड कायम, ६ अर्ब ३२ करोड बढीको कारोबार « Arthapath.com
२६ पुष २०७७, आईतवार

नेप्से ४१ अंकले बढेर २२३५.७२ को विन्दुमा पुगेर रेकर्ड कायम, ६ अर्ब ३२ करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.२४ अंकले बढेर २२३५.७२ को विन्दुमा बन्द भएको छ । आइतबार सर्वाधिक २२३५.७२ को विन्दुमा पुगेर रेकर्ड कायम गरेको हो ।

आइतबार दिनभरिमा २०७ सय वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रभु बैंककोे ४० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्