मंगलबार कारोबार रकममा कमी, टिएमएसमा समस्या खडा गरी बजार घटाएको आरोप « Arthapath.com
२७ माघ २०७७, मंगलवार

मंगलबार कारोबार रकममा कमी, टिएमएसमा समस्या खडा गरी बजार घटाएको आरोप



काठमाडौं । मंगलबार नेप्से परिसुचक २५ सय ३२.४६ अंकमा पुगेर बन्द भएको छ । गत कारोबारमा भन्दा यो २९.०१ अंकले घटेर बन्द भएको हो । आज मंगलबार नेप्से २९.०१ अंकले घट्दा ८ अरब १४ करोड ६२ लाख ६९ हजार १ सय ९३ रुपैयाको कारोबार भएको थियो ।

३ बजेसम्म करिब ५ अरब ९० करोडको कारोबार भएकोमा थप गरिएको समयमा सवा २ अरबको कारोबार भई बजार बन्द भएको हो । हिजोको तुलनामा कारोबार रकम पनि लगभग २ अरब भन्दा बढीले कम भएको छ । कारोबारको केही समय पछि टिएमएसमा समस्या आएकाले कारोबार रकम कम भएको हुन सक्ने अनुमान लगानिकर्ताले गरेका छन ।

३ बजेभन्दा पछि समय थप गरिएपनि लगानिकर्ताहरुको अलमलका कारण कारोबार सोमबारको तुलनामा घटेको हो । टिएमएस प्रविधिमा समस्या खडा गरेर बजारलाई नियन्त्रणमा लिई घटाएको लगानिकर्ता तथा विश्लेषकले बताएका छन् । करिब १२ बजेदेखि नै प्रविधिमा समस्या आएको थियो । उक्त समस्याका कारण किनबेच प्रभावित हँदा लगानिकर्ताहरु अन्यौलमा परेका थिए ।

अन्य दिन ३ बजे कारोबार बन्द हुने भएपनि टिएमएस प्रविधिमा समस्या आएका कारण ३५ मिनेट समय थप गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्