नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमामध्ये ७ वटाको लाभांश घोषणा, कुन कम्पनीको कति ? « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमामध्ये ७ वटाको लाभांश घोषणा, कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये हालसम्म ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । सूचिकृत भएका १८ कम्पनीमध्ये विभिन्न ७ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६÷७७ बाट कम्पनीका लाभांश घोषणा गरेका हुन् भने बाँकि रहेका ११ बीमा कम्पनीहरुले भने लाभांश घोषणा गर्न बाँकी छ ।

लाभा.श घोषणा गरेका ७ कम्पनीमा सबैभन्दा बढि लाभांश दिनेमा शिखर इन्स्योरेन्स र सबैभन्दा कम दिनेमा हिमालयन जनरल इन्स्योरेन्स छन् ।

१. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

७. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्