एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न ८.४२ बोनस सेयर पारित « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

एभरेष्ट इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न ८.४२ बोनस सेयर पारित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा आज सोमबार सम्पन्न भएको छ । साधारणसभा इन्स्योरेन्सको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा जुममार्फत सम्पन्न भयो ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले जानकारी दिए ।

कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्