नैतिकता देखाउँदै ५ हप्ता कार्यकाल बाँकी छदै नेप्सेका सीईओ साउदले दिए राजिनामा, सेवोन अध्यक्षलाई पनि दवाव « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

नैतिकता देखाउँदै ५ हप्ता कार्यकाल बाँकी छदै नेप्सेका सीईओ साउदले दिए राजिनामा, सेवोन अध्यक्षलाई पनि दवाव



काठमाडौं । ४ वर्षे कार्यकाल बाँकी छँदै सरकारले हटाउने भएपछि नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउँदले राजिनामा दिएका छन ।

मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई राजिनामा पत्र बुझाएर नेप्सेको आफिसमा पत्रकार सम्मेलन गरी साउदले राजिनामा दिएका हुन । विद्यमान सरकारी कानुनले नरोकेको सेयर किन्दा सरकारले छानविन समिति बनाएकोले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै साउदले आफ्नो कार्यकालको करिव ४७ महिनमा धेरै काम गरेको र सेयर बजारलाई माथि उठाएर प्रविधिमैत्री बनाएको बताए । यसअघि कामचलाउको रुपमा रहेको देउवा सरकारले नियुक्त गरेको साउद देउवा सरकारकै पालामा १ महिना बाँकी छँदै बाहिरिएका छन ।

साउदले नेप्सेको विद्यमान कानुनको अधिनमा रही आफुले बुकविल्डीङबाट सर्वसाधारणमा सेयर विक्री गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेका थिए । नेप्सेको सीईओ भएर आफैले रेगुलेट गर्ने कम्पनीको सेयर किनेको फेलापरेपछि साउदमाथी सरकारले कारवाही प्रक्रिया चलाएको थियो ।

साउदको राजिनामाले सोही काण्डमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गाना पनि थप दवावमा परेका छन । ढुङ्गानाले बिवाह गरेको आफ्नो छोरीको नाममा १० लाखको सेयर किनेको भेटिएको थियो ।

संसदको अर्थ समितिले दुबै नियामक निकायका प्रमुखले गैरकानुनी काम गरेको भन्दै राजिनामा दिन दवाव दिएको थियो । मन्त्रीपरिषदको भोली बुधबार बस्ेने बैठकले हटाउने संकेत पाएपछि साउदले हतार हतार राजिनामा दिएका हुन ।


प्रतिक्रिया दिनुहोस्