नेरुडे लघुवित्तको बोनस शेयर शेयरधनीको हितग्राही खातामा « Arthapath.com
४ आश्विन २०७८, सोमबार

नेरुडे लघुवित्तको बोनस शेयर शेयरधनीको हितग्राही खातामा



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । कम्पनिले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको हो ।

गएको फागुन २२ गते सम्पन्न भएको १४ औं साधारण सभाले पारीत गरेको ८ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।

लघुवित्तको ८ प्रतिशत बोनस शेयर फागुन ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिसकेको छ । भने ६ गतेपछि अभौतिकरण गराएका शेयरधनीको खातामा क्रमश जम्मा गर्ने भएको हुदा हालसम्म शेयर अभौतिकरण नगराएका शेयरधनीहरुलाई शेयर खभौतिकरण गराई बोनश शेयर लिन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्