प्रतिकित्ता १ सय रुपैयाँमा एचआईडिसीएलले ३.६२ करोड शेयर बिक्री गर्दै, कुन-कुन ठाउँबाट आवेदन दिन पाइन्छ ? « Arthapath.com
४ आश्विन २०७८, सोमबार

प्रतिकित्ता १ सय रुपैयाँमा एचआईडिसीएलले ३.६२ करोड शेयर बिक्री गर्दै, कुन-कुन ठाउँबाट आवेदन दिन पाइन्छ ?



काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले निष्काशन गरेको अवितरित हकप्रद शेयर असोज ७ गतेदेखि आवेदन खुला गरिने छ । कम्पनीले हकप्रदमा अवितरित ३ करोड ६२ लाख २९ हजा ७२४ कित्ता शेयर लिलाम बढाबढ मार्फत असोज ७ गतेदेखि असोज १४ गतेसम्म बिक्रि खुला गर्ने भएको हो ।

कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढमा राख्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । यता संस्थागततर्फको भने न्यूनतम १ करोड कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल ग्लोबल आइएमई बैङ्कका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीको शेयरमा ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (विरगंज), हेटौडा, नारायणगढ, न्यूरोड (पोखरा), बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही (दाङ), धनगढी र महेन्द्रनगरको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्