नेप्सेमा २९ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
४ आश्विन २०७८, सोमबार

नेप्सेमा २९ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल ल्युब आयल कम्पनी लिमिटेडको १० प्रतिशत बोनस अर्थात २९ हजार १७ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको कात्तिक ५ गते बुधबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्