कृषि विकास बैङ्कले ९ अर्ब ४२ करोडको ‘कृषि ऋणपत्र’ ल्याउने तयारी « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

कृषि विकास बैङ्कले ९ अर्ब ४२ करोडको ‘कृषि ऋणपत्र’ ल्याउने तयारी



काठमाडौँ । कृषि विकास बैङ्कले कृषि ऋणपत्र ल्याउन लागेको हो । बैङ्कले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषि ऋणपत्र” जारी गर्न लागेको हो । 

बैङ्कको ऋणपत्र ल्याउनको लागी एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिस्ट्रार नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैङ्कले कृषि ऋणपत्र जारी गरिएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैङ्क लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।  


प्रतिक्रिया दिनुहोस्