आज सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले गत कात्तिक २९ गतेदेखि १५ हजार ८ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले उक्त शेयरमा आवेदन दिन सक्ने छन ।
शेयरको न्युनतम मुल्य ५ सय ५० वा सोभन्दा बढि तोकिएकोले इच्छुक व्यक्ति तथा संघसंस्थाले मूल्य अंकित गरि न्युनतम १ सय कित्ता र अधिकतम सबै क्त्रिाको लागि आवेदन दिन सक्ने छन ।
शेयर बोलपत्र भोली मंसिर १४ गते विहान ११ बजेआरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा टेकुमा खोल्ने लघुवित्तले जानकारी दिएको छ । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।