कस्तो रह्यो यो साताको शेयर बजार ? « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

कस्तो रह्यो यो साताको शेयर बजार ?



काठमाडौँ । यो साता शेयर बजार भारी अङ्कले ओरालो लागेको छ । गत शुक्रवार नेपाल राष्ट्र बैङ्कले मौदिक नीतिको समीक्षा गर्दा शेयर धितो कर्जा ४र१२ को सीमा कायमै राखेपछि यो बुधवार बाहेक सबै दिन बजार भारी अङ्कले ओरालो लागेको हो । मौदिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सीमा परिवर्तन नभएपछि बजार घटेको लगानीकर्ताहरू बताउँछन् ।

यो साता शेयर कारोबार मापक नेप्से परिसूचक ६७ अङ्कले घटेको छ । आइतबार २६५१.४१ अंकमा आएर बन्द भएको नेप्से परिसूचक अन्तिम दिन हुदा २५८४.६१ अंकमा आएर बन्द भएको छ ।

साताको पहिलो दिन नेप्से ८० अङ्कले घटेर परिसूचक २६५१.४१ अंकमा आइपुगेको थियो । त्यस दिन करिब ५ अर्बको कारोबार भएको थियो । त्यसैगरि सोमबार २१.५१ अङ्कले घटेको बजारमा ४ अर्बको शेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक २२ अङ्कले घटेर २६२९.९८ अंकमा आएर बजार बन्द भएको हो ।

त्यसैगरि साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अङ्कले घटे पनि कारोबार रकम ३ अर्बका खुम्चिएको थियो । त्यस दिन शेयर कारोबार मापक नेप्से परिसूचक २६२८.३७ अंकमा पुगेको थियो ।

साताभर घटेको बजार हिजो बुधवार भने ५५ अङ्कले बजार बढेर परिसूचक २६३३.६६ अंकमा पुगेको थियो । उक्त दिन नेप्से बढे पनि कारोबार रकम २ अर्बमा सीमित भएको छ । यो साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पहिरो गएको छ । यस दिन बजार ४९ अङ्कले घटेर परिसूचक २५८४.६१ अंकमा आइपुगेर बजार बन्द भएको हो । आज ३ अर्ब रुपैयाँको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्