मनकामना स्मार्ट लघुवित्तले पायो १७ प्रतिशत लाभांश वितरण गर्न अनुमति « Arthapath.com
२१ मंसिर २०७८, मंगलवार

मनकामना स्मार्ट लघुवित्तले पायो १७ प्रतिशत लाभांश वितरण गर्न अनुमति



काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत लाभांश वितरण गर्न अनुमति  पाएको छ । नेपाल राष्ट्र बैङ्कले लघुवित्तलाई हाल काया चुक्ता पुजी १२ करोड ११ लाख ५० हजारको १७ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ५ सय रुपैयाँ बराबरको लाभांश वितरण गर्न अनुमति दिएको हो ।

हिजो सोमबार बैङ्कले प्रस्तावित लाभांश वितरण गर्न अनुमति प्रदान गरेको लघुवित्तले एक सूचना जारी गदै जानकारी दिएको छ ।

प्रस्तावित लाभांश लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । लाभांश वितरण गरेपछि लघुवित्तको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्