गत वर्षको तुलनामा १० प्रतिशत बढाएर फरवार्ड लघुवित्तको ४२ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

गत वर्षको तुलनामा १० प्रतिशत बढाएर फरवार्ड लघुवित्तको ४२ प्रतिशत लाभांश घोषणा



काठमाडौँ । फरवार्ड लघुवित्तले ४२ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  शेयर धनीहरूलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ६२ करोड ५५ लाख १९ हजार २५०  रुपैयाँको ३५ प्रतिशत बनो शेयर र सो को कर प्रयोजनको लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । लघुवित्तले गत वर्षको तुलनामा १०.४२ प्रतिशत धेरै लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । प्रस्ताव लाभांश वितरणपछि लघुवित्तको चुक्ता पुँजी ८४ करोड ४४ लाख ५० हजार ९८८ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्