८ करोड ९३ लाख रुपैयाँको हकप्रद निष्काशन गदै छ्याङदी हाइड्रोपावर « Arthapath.com
५ माघ २०७८, बुधबार

८ करोड ९३ लाख रुपैयाँको हकप्रद निष्काशन गदै छ्याङदी हाइड्रोपावर



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनिले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन तथा विक्री खुल्ला गर्ने छ ।

हाइड्रोपावरले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त शेयरमा छिटोमा माघ ११ गतेदेखि फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनिले हकप्रद शेयर निष्काशनको लागि पुस २१ गते बुक क्लोज गरेको थियो । तसर्थ पुस २० गतेसम्म कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

हकप्रद सेयरमा आवेदन बिक्री प्रबन्धकका साथै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट पनि आवेदन सकिने कम्पनिले जनाएको छ ।

कम्पनिको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्