नेप्सेमा २५ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
११ माघ २०७८, मंगलवार

नेप्सेमा २५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको १० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १९८.२४ कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको कम्पनीको १३ औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्