नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
१३ माघ २०७८, बिहीबार

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको २०७६र७७ को मुनाफाबाट इन्स्योरेन्सले २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको १९ प्रतिशत बोनश शेयर बराबर ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँ र कर प्रयोजनको लागि १ प्रतिशत नगद बराबर ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपाश्चत मात्र लगानीकर्ताले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्