जाल्पा लघुवित्तकाे आईपीओमा हालसम्म कै उच्च आवेदन, माग भन्दा ६६.८६ गुणा बढी आवेदन « Arthapath.com
२५ माघ २०७८, मंगलवार

जाल्पा लघुवित्तकाे आईपीओमा हालसम्म कै उच्च आवेदन, माग भन्दा ६६.८६ गुणा बढी आवेदन



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा २७ लाख ६ हजार ७६७ जनाले ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ताका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । यो माग गरिएको भन्दा ६६.८६ गुणा बढी आवेदन हो ।

लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणका लागि भने ४ लाख ८७ हजार ९०० कित्ता शेयर छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा आज माघ २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो । त्यसैले आज नै आवेदन दिने समय सकिएको छ । ्

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्