एभरेष्ट इन्स्योरेन्सको ४ वर्षमा ४४.७३५८ प्रतिशत लाभांश ! « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

एभरेष्ट इन्स्योरेन्सको ४ वर्षमा ४४.७३५८ प्रतिशत लाभांश !



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश गरि कूल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिले स्वीकृति दिएपश्चात र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्क १८ करोड ३६ लाख ४, हजार ४ सय रुपैयाँ रहेको छ । इन्स्योरेन्सले ४ बर्षको इतिहासमा सबैभन्दा कम लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ मा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७३–२०७४ मा १० प्रतिशत बोनस शेयर र आर्थिक बर्ष २०७२–७३ मा २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने नगद दिएको थिएन ।

इन्स्योरेन्स कम्पनीले हालसम्म ४४ प्रतिशत बोनस शेयर र ०.७३५८ प्रतिशत नगद गरी कूल ४४.७३५८ प्रतिशत लाभांश वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्