रिभर फल्सको आईपीओ भर्नुभयो, दोस्रो दिनसम्म ७३ लाख ३१ हजार कित्ता माग « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

रिभर फल्सको आईपीओ भर्नुभयो, दोस्रो दिनसम्म ७३ लाख ३१ हजार कित्ता माग



काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म झन्डै ३ गुणा बढीओ आवेदन परेको छ । सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख २१ हजार ८४४ आवेदकबाट ७३ लाख ३१ हजार ४०० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा २.८९ गुणाले बढी हो ।

कम्पनीले बैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्