यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको चौथो दिने नेप्सेमा फेरी सुधार आएको छ । मंगलबार १६.३२ अकंले बढेको नेप्से आज भने १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा सिमित भएको छ ।

नेप्से बढेरका कारोबार भने १ अर्बमा सिमित हुदाँ समेत बलेफी हाइड्रोपावरको शेयर सर्वाधिक बढेको छ । कम्पनीको शेयर आज ५.९२ प्रतिशतले बढेको हो । साथै, मैलुङ खोला जलविद्युतको ५.८४ प्रतिशत, सिगटी हाइड्रो इर्नजिको ५.३३ प्रतिशत, गुँरास लघुवित्तको ५ं.२२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४.२४ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीका कर्पोरेट डेभलमपेमन्ट बैंक रहेको छ । कम्पनीको शेयर आज ७.१३ प्रतिशतले घटेको हो । साथै, लक्ष्मी लघुवित्रको ३.४९ प्रतिशत, सिद्धार्थ फाइनान्सको ३.३६ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको २.४५ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको २.०३ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्