उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज अधिकतम १ हजार २११.७३ रुपैयाँ « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

उपकार लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज अधिकतम १ हजार २११.७३ रुपैयाँ



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो ।

लुघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको लगानी रहेको ४ लाख २० हजार कित्ता गरी कूल ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्समा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि दोस्रो बजारमा यूएलबिएसएल सिम्बोल प्रदान गरेको छ । साथै लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १ हजार २११.७३ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

लघुवित्तको शेयर भोलि शुक्रबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्