नेप्सेमा ६ कम्पनीको २ करोड २९ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
१० असार २०७९, शुक्रबार

नेप्सेमा ६ कम्पनीको २ करोड २९ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रो पावर, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र जानकी फाइनान्सको बोनस शेयर वापतको २ करोड २९ लाख ३० हजार ८४० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

१. प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८० हजार ६० कित्ता शेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६.५० प्रतिशत बोनस शेयर वापतको १ करोड ६५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल रिइन्स्योरेन्सले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूजीको १६.५० प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस शेयर बापतको २५ लाख ६६ हजार ५७.४३५५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस शेयर बापतको १२ लाख ७८ हजार ९२.५६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर बापतको १२ लाख ६ हजार १३.०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको २०७७–०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्