नागरिक लगानी कोषको ३१.५७८९ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१२ असार २०७९, आईतवार

नागरिक लगानी कोषको ३१.५७८९ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लगानी कोषले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कोषले घोषणा गरेको उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएर कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्