नागरिक लगानी कोषको लाभांश: हालसम्म ३०७.८ प्रतिशत बोनस शेयर वितरण गर्दा नगद कति दियो ? « Arthapath.com
१२ असार २०७९, आईतवार

नागरिक लगानी कोषको लाभांश: हालसम्म ३०७.८ प्रतिशत बोनस शेयर वितरण गर्दा नगद कति दियो ?



काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । लगानी कोषले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कोषले घोषणा गरेको उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएर कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

लगानीकोषले हालसम्म ३०७.८ प्रतिशत बोनस शेयर र २५.७३०६ प्रतिशत नगद गरी कूल ३३३.५३०६ प्रतिशत लाभांश वितरण गरेको छ ।

आर्थिक बर्ष २०६७–६८ मा कोषले ३५ प्रतिशत बोनस शेयर लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०६८–६९ मा कोषले ३८.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०६९–७० मा कोषले ५० प्रतिशत बोनस शेयर र २.६३ प्रतिशत नगद गरी कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७०–७१ मा कोषले ३५ प्रतिशत बोनस शेयर र ६.८४ प्रतिशत नगद गरी कूल ४१.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७१–७२ मा कोषले २१.८५ प्रतिशत बोनस शेयर र १.१५ प्रतिशत नगद गरी कूल २३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७२–७३ मा कोषले २२ प्रतिशत बोनस शेयर र १.१५७ प्रतिशत नगद गरी कूल २३.१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७३–७४ मा कोषले २२.०६ प्रतिशत बोनस शेयर र १.१६ नगद गरी कूल २३.२२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७४–७५ मा कोषले २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७५–७६ मा कोषले २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७६–७७ मा कोषले ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७७–७८ मा कोषले ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्