नेप्सेमा छलाङ, १३ वटै उपसूचकमा हरियाली छाउँदा कारोबार साढे १ अर्ब « Arthapath.com
१५ असार २०७९, बुधबार

नेप्सेमा छलाङ, १३ वटै उपसूचकमा हरियाली छाउँदा कारोबार साढे १ अर्ब



काठमाडौं । बुधबार शेयर बजारमा आकर्षक सुधार आएको छ । लगानीकर्ताले पूँजी बजार सुधारका लागि उठाउदैं आएका १९ बँुदे माग पुरा गर्ने नेपाल धितोपत्र बोर्डको असार १० गतेको आशवासन पछि शेयर बजारको १२ गते उच्च सुधार आएको थियो । त्यसपछिको २ दिन ओरालो लागेको शेयर बजार आज फेरी सुधार आएको हो ।

शेयर बजारमा सुधार देखिएको भएपनि लगानीकर्ता आजै पनि डराइ रहेको अवस्था छ । कुनै बेला ९ अर्ब पुग्ने कारोबार आजभोलि १।२ अर्बमा समिति भइरहेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.८२ अकंले घटेर १९२१.३१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउँदा आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको ०.७४ प्रतिशत, ब्यापार समूहको ६.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४६ प्रतिशत, विकास बैंक समूहको ४.४३ प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत, फाइनान्स समूहको ४.१४ प्रतिशत, निर्जीवन बीमा समूहको २.५२ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २ं७७ प्रतिशत, अन्य समूहको ३.५९ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.७९ प्रतिशत, जीवन बीमा समूहको १.३ प्रतिशत, म्युचुअल फण्ड समूहको २.७९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २ं.४१ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्