धितोपत्र बोर्डद्वारा ६ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति « Arthapath.com
१५ असार २०७९, बुधबार

धितोपत्र बोर्डद्वारा ६ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप विभिन्न कम्पनीलाई स्वीकृत प्रदान गरेको छ । बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ६ वटा कम्पनीलाई स्वीकृति दिएको हो ।

बोर्डले गौरब नेपाल इन्भेष्टमेन्ट, नबिल ब्यालेन्स्ड फण्ड , पशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई योग्य संस्थागत लगानीकर्ताका लागि स्वीकृति दिएको हो ।

यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा १ सय वटा रहेकोमा बढेर १०६ पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्