पूँजी बजारको सुधार गर्न बनेको समितिलाई ३ संगठनको १८ बुँदे सुझाव, डिपी चार्ज ५ रुपैयाँ हुनुपर्ने « Arthapath.com
१५ असार २०७९, बुधबार

पूँजी बजारको सुधार गर्न बनेको समितिलाई ३ संगठनको १८ बुँदे सुझाव, डिपी चार्ज ५ रुपैयाँ हुनुपर्ने



काठमाडौं । पूँजी बजारका समस्या समाधान गर्न बनेको उच्चस्तरीय समितिले लगानीकर्ता संगठनहरुलाई छलफलका लागि बोलाएको छ । समितिले बोलाएपछि लगानीकर्ताका ३ संगठनले संयुक्त रुपमा १८ बुँदे सुझाव पेश गरेका छन् ।

उच्चस्तरीय समितिले लगानीकर्ताहरुलाई छलफलमा बोलाएको र लगानीकर्ता संगठनहरुले संयुक्त रुपमा १८ बुँदे सुझाव दिएको जनाकारी दिएको छ । छलफल कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डका प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै लगानीकर्ताहरुको संगठनले संयुक्त रुपमा १८ बुँदे सुझाव पेश गरेका छन् ।

सुझावमा ४–१२ को नीति खारेज गर्नुपर्ने, शेयर कर्जाको जोखिमभार १ सय प्रतिशत कायम गर्नुपर्ने, डिपी चार्ज ५ रुपैयाँ कायम गर्नु पर्ने लगायतका सुझाव पेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्