राप्ती हाईड्रोको आईपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा « Arthapath.com
१७ असार २०७९, शुक्रबार

राप्ती हाईड्रोको आईपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म बिक्रीमा ल्याएको आईपीओ असार १६ गते बाँडफाँट गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

तोकिएको अवधि भित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई उक्त कम्पनीको ५ लाख ७५ हजार १७० कित्ता साधारण शेयर बिहिबार बाँडफाँट गरेको हो । बाँडफाँट गरेको आईपीओ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट www.siddharthacapital.com अथवा सह निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट www.muktinathcapital.com मा गइ हेर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्