नेप्सेमा एक कम्पनीको ७० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
१७ असार २०७९, शुक्रबार

नेप्सेमा एक कम्पनीको ७० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद गरी कुल ७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्