उताप-चडावका बीच सामान्य अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१७ असार २०७९, शुक्रबार

उताप-चडावका बीच सामान्य अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य अकंले घटेको छ । शुक्रबार १ बजेसम्म मात्र कारोबार हुने शेयर बजारमा आज नेप्सेमा गिरावट आएको छ । यो साताको ६ कारोबारको दिन ३ दिन सुधार देखिएको बजार ३ दिन ओरालो लागेको छ ।

उताव चडावका बीच शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा सामान्य गिरावट आउदाँ शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ५७ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख ५६ हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ४ करोड ९० लाख ४८ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ६२ लाख २ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५१ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्