हिमालयन हाइड्रोपावरको आईपीओमा १ अर्ब १३ करोड रुपैयाँ संकलन, आवेदन दिने आइतबार अन्तिम दिन « Arthapath.com
१७ असार २०७९, शुक्रबार

हिमालयन हाइड्रोपावरको आईपीओमा १ अर्ब १३ करोड रुपैयाँ संकलन, आवेदन दिने आइतबार अन्तिम दिन



काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडमा ६ गुणा भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार शुक्रबार ३.३० बजेसम्म १० लाख ५ हजार ७८८ आवेदकबाट १ करोड १३ लाख ९८ हजार १० कित्ता बराबरको १अर्ब १३ करोड ९८ लाख १ हजार रुपैयाँको आवेदन परेको हो । यो माग भन्दा ६.२२ गुणा बढी हो ।

कम्पनीले असार १५ गते देखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । तर २ लाख ८१ हजार ७५० कित्ताका लागि मात्रै आवेदन परेकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार १९ गते र ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्