आठ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
१९ असार २०७९, आईतवार

आठ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौ । साताको पहिलो कारोबार दिन नेप्से उच्च अकंले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको हो ।

आज शेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा आकर्षक सुधार देखिदा आज कारोबार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ भएको छ ।

नेप्सेमा उच्च सुधार आउँदा आज ८ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पाट्नर, अप्पर तामाकोशी हाइड्रोपावर, सान्जेल जलविद्युत, नेष्डो समृद्धि लघुवित्त, सिवाईसी लघुवित्त, रसुवागढी हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युतको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा बिओके डिबेञ्चरको ९.३१ प्रतिशत, ङादी गु्रप पावरको ३.२३ प्रतिशत, प्रभु सेलेक्ट फण्डको ३.१८ प्रतिशत र नबिल ब्यालेचडको २.५५ प्रतिशत घटेको हो ।


प्रतिक्रिया दिनुहोस्