रसुवागढी हाइड्रोपावरको आइपीओ बेच्नै सकस, आवेदन दिने म्याद २ चोटी थप « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

रसुवागढी हाइड्रोपावरको आइपीओ बेच्नै सकस, आवेदन दिने म्याद २ चोटी थप



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बेच्नै सकस भइरहेको छ । असार १३ गतेदेखि असार २७गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग म्याद थप गरेर साउन १० पुराएको थियो । साउन १० गतेसम्म पनि माग अनुसारको आवेदन नपर्दो म्याद थप गरी साउन ३१ गतेसम्म पुराएको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं.१ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरीएको छ । निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्