नेप्से फेरी लाग्यो ओरालो, २ अर्ब ८५ करोडको कारोबार हुदाँ ११ उपसूचक राताम्य « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

नेप्से फेरी लाग्यो ओरालो, २ अर्ब ८५ करोडको कारोबार हुदाँ ११ उपसूचक राताम्य



काठमाडौं । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा फेरी ओरालो लागेको छ । आइतबार सुधार देखिएको शेयर बजारमा आज भने फेरी नकारात्मक सूचक देखा परेका छन् । शेयर बजार अघिल्लो साताका आसै सुधार तिर नगएको हुदाँ हिजो भएको सुधारले लगानीकर्तामा आशा पलाएको भए पनि उक्त आशा साताको पहिलो कारोबारको दिन मै खुम्चिएको छ ।

देश अब बिस्तारै चुनावमय हुदै छ । सरकारले मंसिर ४ गते प्रदेश र संघको एकै चरणमा देशभर चुनाव गर्ने भएको छ । चुनावमा हुने पैसाको चलखेलले त शेयर बजार आजै देश प्रभाव पर्ने थालेको होइन भन्ने कति औं लगानीकर्ताले सोचाइ समेत गइरहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेको पहिलो हप्ता आकाशिएको शेयर बजार अन्य साता भने खासै सुधार आएको छैन । कारोबार पनि बिस्तारै खुम्चिदै गइरहेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.६७ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको थियो ।

ओरालो लागेको शेयर बजारमा आज ११ उपसूचक राताम्य भएको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, ब्यापार समूहको ०.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६२ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.०४ प्रतिशत, फाइनान्स समूहको १.३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४३ प्रतिशत, अन्य समूहको २.४२ प्रतिशत, माइक्रोफाइनान्स समूहका् ०.३६ प्रतिशत, जीवन बीमा समूहको १.०३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.३७ प्रतिशतले शेयर मूल्य घटेको हो । त्यस्तै, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.१ प्रतिशत र म्युचुअल फण्डको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्