सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ६ जना भाग्यमानिले पाए ११ कित्ता « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ६ जना भाग्यमानिले पाए ११ कित्ता



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँट सम्पन्न भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान क्यापिटको कार्यालयमा आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदकको आवेदन रद्द गरीएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको हो । अइपीओ पाउने योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् ।


प्रतिक्रिया दिनुहोस्