तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् सयपत्री हाइड्रोपावरको आईपीओ रिजल्ट « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् सयपत्री हाइड्रोपावरको आईपीओ रिजल्ट



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान क्यापिटको कार्यालयमा आइपीओ बाँटफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएकोमा ८७३ जनाको आवेदकको आवेदन रद्द गरीएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको हो । अइपीओ पाउने योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय ६८ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/ 

बिक्रि प्रबन्धक बीओके क्यापिटल लिमिटेडः https://www.niblcapital.com/

मन्दाकिनी हाइड्रोपावरको वेबसाइटः http://sayapatrihydropower.com/ 

सिडीएससीको मेरोशेयरको वेबसाइटःmeroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्