नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । कम्पनीको शेयरलाई नेप्सेले एचइआई कारोबार संकेत प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्