बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१ भाद्र २०७९, बुधबार

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज पनि शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजारमा आसै सुधार नआउँदा कारोबार समेत खुम्चिएको छ ।

साताको चौथो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको हो ।

नेप्से झिनो अकंले घट्दा आज समलिङ पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.१४ प्रतिशतले घटेको हो । साथै, मनकामना स्मार्ट लघुवित्तको ५.०५ प्रतिशत, सिगंटी हाइड्रो इर्नर्जीको ३.६४ प्रतिशत, सबैको लघुवित्तको ३.२५ प्रतिशत र तारागाउँ रिजेन्सिको २.२३ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्