शेयर बजार ओरालो, १ अर्ब ७१ करोडको कारोबार हुदाँ १३ वटै उपसूचकमा पहिरो « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

शेयर बजार ओरालो, १ अर्ब ७१ करोडको कारोबार हुदाँ १३ वटै उपसूचकमा पहिरो



काठमाडौं । आज आएर शेयर बजार ओरालो लागेको छ । शेयर बजार यो साता खासै सुधार तथा ओरालो नलागेको भए पनि आज आएर भने १८ अकंले घट्न पुगेको हो । शेयर बजार आएको निरन्तरको गिरावटले शेयर बजारको अबको यात्राक कता जाने हो भन्ने कुराले लगानीकर्तामा निरासा पैदा भएको छ ।

बैंक तथा वित्तीय संस्थामा घटेको निक्षेपले गर्दा शेयर बजारम ागिरावट आएको देखिएको छ । साताको पाँचौ कारोबारको दिने शेयर बजारमा गिरावट आएको छ । यो साता भिनो अकंले बढ्ने तथा घट्ने भइरहेको शेयर बजारमा बिहिबार भने ओरालो लागेको हो ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.५४ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा पूँजी बजारमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँको कारोबार भएको हो ।

शेयर बजारम ागिरावट आउदाँ सबै उपसूचक राताम्य भएका छ । बिहिबार बैकिङ समूहको ०.३६ प्रतिशत, ब्यापार समूहको १ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५१ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, हाइडोपावरको १.५९ प्रतिशत र फाइनान्स समूहको २.०७ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्