एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । शेयर बजार आजै सुधार आउन सकेको छैन । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो साताको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको थियो ।
आज रुरु जलविद्युत प्रयोजनाको शेयरमा नकारात्मक सर्किट लागेको छ ।साथै अपर हेवाखोला हाइड्रोपावरको ७.०३ प्रतिशत, मन्दीकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत र नारायणी डेभलपमेन्टको ६.७१ प्रतिशतले घटेको हो ।
