मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार वीन नेपाल लघुवित्तका लागनीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४.७७ प्रतिशतले घटेको हो । साथै, एनआइसी एशिया ग्रोथ फण्डको ४.०३ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ३.४३ प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को ३.४३ प्रतिशत र समता घरेलु लघुवित्तको ३.२५ प्रतिशतले घटेको हो ।
