कारोबार खुम्चिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आउन सकेको छैन । आर्थिक वर्ष सुरु भएसँगै ओरालो लागेको शेयर बजरमा आजै सुधार आउन सकेको छैन ।शेयर बजारमा खासै सुधार नआउन लागनीकर्ताहरु लगानी गर्ने डराइ रहेको अवस्था छ र कारोबार रकम पनि निरन्तर खुम्चि रहेको छ ।
.शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा भन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से सामान्य अकंले ओरालो लाग्दा नेपाल टेलिकमको शेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको आज १० करोड ४ लाख ९८ हजार रुपैयाँ कारोबार भएको छ ।
साथै, नबिल बैंकको ४ करोड ३७ लाख ३ हजार रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४६ लाख ७९ हजार रुपैयाँ र रिडी पावरको २ करोड २६ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
