थप तीन कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ? « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

थप तीन कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?



काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन लुम्बिनी विकास बैंक, आइएमई जनरल इन्स्योरेन्स र रिडी पावर कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर २ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीबाट ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

यस्तै, रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४२.१० प्रतिशतले लाभांश दिने प्रस्ताव गरेको हो ।

म्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

त्यसैगरि आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि आफ्ना सेयरधनीहरुलाई मंगलबार लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ६.८४ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्