बढ्यो सेयर बजार, कारोबार रकम पनि बढोत्तरी « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढोत्तरी



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा बढोत्तरी देखिएको छ । बिहीबार बजार ११.२२ अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक १९६१.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन ४.८० अंक, लगानी समूह ०.०३ अंक र निर्जीवन बीमा १५.१४ अंकले घटेको छ । आज यी बाहेक सबै समूहहरु हरियाली बनेका छन् ।

आज १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर कारोबार भएको छ ।

उक्त दिन लगानीकर्ता नबिल बैंकमा झुम्मिएका छन् । बिहीबार बैंकको सबैभन्दा धेरै १४ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनसीसी बैंकको प्रोमोटर सेयरको ८ करो १३ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्